६१ बर्षिय ज्येष्ठ नागरिकको लोभलाग्दो किबी खेती

नवीन शिशिर विक

बागलुङ : बारीभरी फलाम र सिमेन्टका पोल, त्यही पोलमा जेलिएका किविका लहर र लहरामा लटरम्म किवी फल । ६१ बर्षिय ज्येष्ठ नागरिकको लोभलाग्दो किबी खेत । जोकोहीलाई पनि लोभ्याउने गर्छ गल्कोट नगरपालिका–१ दुदिलाभाटी चौराहका सन्तबहादुर बुढाथोकीको थालेको व्यवसायिक किवि खेतीले । होटल व्यवसाय छोडेर विगत ६ वर्षदेखी किवी खेतीमा लागि पर्नुभएका बुढाथोकीको होटलवालाबाट किवीवालाको रुपमा परिचय नै बदलिएको छ ।

जीवनकालको २५ बर्ष भारतमा सवारी चालक, १२ बर्ष काठेखोला गाउँपालिका बिहुँमा होटल व्यवसाय गरेर गरेर धित मरे पछि उहाँमा किवी खेतीको हुटहुटी चल्यो । घुमफरि गर्दै इलाम पुगेको समयमा त्यहाँको खेतीबाट प्रभावित भएर बुढाथोकीले आफ्नो १० रोपनी जग्गामा किवी लगाउनुभएको छ ।

कोदो, गहुँ, मकै, केराउ उत्पादन हुने बारीमा अहिले किवीका लटरम्म फल देख्न सकिन्छ । ‘१० रोपनी जग्गामा उत्पादन हुने अन्नवाली भन्दा १० वर्षको एउटा बोटले बढी उत्पादन दिन्छ’ बुढाथोकीले भन्नुभयो–‘माटोमा पसिना बगाउनु प¥यो, आत्मनिर्भर बन्न समस्या छैन ।’

विरुवा लगाएको तीन वर्षदेखि उत्पादन सुरु भएको थियो । छैठौ वर्षसम्म आई पुग्दा यस वर्ष १३५ विरुवाबाट करिव १० क्विटन किबी उत्पादन हुने अपेक्षा गर्नुभएको छ ।

किवी व्यापारीसँगको समन्वयमा बुढाथोकीले पोखरा, बुटवल, नारायणगढ बागलुङ बजार लगायतका सहरमा विक्रीको लागि पढाउने गर्नुभएको छ । व्यापारीहरुले बारीमै आएर न्युनतम ३५० रुपियाँ प्रतिकिलोको दरले खरिद गर्ने उहाँको भनाई छ ।

अन्य खेतीबालीलाई जस्तो धेरै दुःख गर्न नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ । विरुवा खरिद, फलाम तथा सिमेन्टको पोल निर्माण, बगैजा तयार जस्ता संचरना निर्माण गर्दा करिव २८ लाख रुपियाँ खर्च भएको बुढाथोकीले जानकारी दिनुभयो ।

बुढाथोकीले चोराह कृषी तथा पशुपालन फर्म दर्ता गर्नुभएको छ । उहाँको फर्ममा मन्टी, हेलिसन र हेवार्ड जातका बोट छन् । आगमी बर्षदेखी आफनै नर्सरीमा विरुवा उत्पादन गरेर विक्री तथा खेती विस्तारको योजना बनाउनुभएको छ ।

‘अहिले किवी खेतीमा आकर्षण बढ्दो छ’ उहाँले भन्नुभयो–‘विरुवा विक्री गरेर पनि आम्दानी गर्न सकिन्छ ।’ मेहनत गर्न सके स्वरोजगारमा समस्या नहुने उहाँको भनाई छ । गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?