फौजी किरा र त्यसको रोकथाम, ब्यबस्थापन

परिचय

अमेरिकन फौजी किरा (American Fall Armyworm—Spodoptera frugiperda) मकै बालीमा लाग्ने पुतली बर्गको रात्रीचर किरा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुको रैथाने मानिने यस कीराको लार्भाले मकै लगायत ३५३ विभिन्न प्रजातिका बिरुवाहरुमा नोक्सानी पुर्‍याउन सक्ने तथ्य जानकारीमा आएको छ । मुख्यतया, मकै बाली मन पराउने यस कीराले मकै नपाएमा जुनेलो, धान, गहु, कोदो, उखु, घाँसे बालीहरु, काउली वर्गका तरकारी बालीहरु, तेल बालीहरु, काँक्रो लगायतका लहरे तरकारी, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु बालीहरुमा समेत क्षति पुर्‍याउन सक्दछ । नेपालमा यस किराको प्रवेश गरेको आधिकारिक पुष्टी मिति २०७६ साउन २७ गते बसेको राष्ट्रिय विरुवा संरक्षण संगठनको (NPPO) १९ औँ बैठकले गरेको हो ।

अमेरिकन फौजिकिराको क्षतिको लक्ष्णहरु

१. यस किराको लार्भा अवस्थाले मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत क्षति पुरयाउदछ ।

२. साना लार्भाहरुले पातको हरियो भाग खाएर झिल्लि मात्र राख्दछ ।

३. लार्भाको आकार बढेपछि पातमा प्वालहरु देखा पर्दै जान्छ र पछि पातहरु क्षतविक्षत नै पार्ने गर्दछ ।

४. लार्भा हुर्किदै जादाँ गुभो भित्र प्रबेश गरेर खाने गर्दछ र घोगा लागेपछि घोगा समेत खाने गर्दछ ।

अमेरिकन फौजिकिराको पहिचान

१. यसको लार्भा सुरुको अवस्थामा सेतो र हल्का हरियो रङगको र टाउको कालो हुन्छ । विकसित लार्भाको टाउकोमा अङग्रेजी अक्षरको घोप्टो Y आकारको सेतो रङगको धर्का हुन्छ ।

२. लार्भाको माथिल्लो भागमा पेटको अन्तिमतिर आठौ खण्डमा ठुलो कालो रङगका चार वटा थोप्लाहरु बर्गाकार रुपमा देखिन्छ । त्यस्तै नौ खण्डमा ठुलो कालो रङगका चार वटा थोप्लाहरु समलम्ब चर्तुभुज आकारमा देखिन्छ ।

३. लार्भाको माथिल्लो भागमा तिन वटा पहेलो रङगका पहेला धर्काहरु टाउको पछाडि देखि पेटको अन्तिम भागसम्म समान्तर रुपमा रहेको प्रष्ट देखिन्छ ।

व्यवस्थापन

१. मकै रोप्नभन्दा अगाडि गहिरो गरेर जमिन खनजोत गर्ने ।

२. इमिडाक्लोप्रिड ४८ प्रतिशत एफ एस नामक विषादी ४ एम एल प्रति के जि विउमा उपचार गरेर रोप्ने ।

३. मकैको पातमा झिल्लि सहितको प्वाल अवस्थाको क्षतिको लक्षण देखापरेमा निमजन्य विषादी एजाडिराक्टिन १५०० पि पि एम ५ एम एल प्रति लिटर पानीमा मिसाएर छर्ने ।

४. मकैको पातमा प्वाल परेको गुभोमा क्षतिको लक्षण देखापरेमा क्लोरएन्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस सी ४ एम एल १० लिटर पानीमा मिसाएर छर्ने वा स्पाइनोस्याड ४५ प्रतिशत एस सी ३ एम एल १० लिटर पानिमा वा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एस जी ४ ग्राम प्रति १० लिटर पानीमा मिसाएर गुभोमा पर्ने गरी छर्ने ।

५. एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने र घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने ।

Writer: Sunil Basnet (Student, Bsc. Ag IAAS Lamjung Campus)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments