अनुदानको मलमा कालोबजारी

भोजपुर: भोजपुरमा छानविन समितिले कृषि अनुदानको मलमा कालोबजारी गर्नेमाथि कारबाही गर्न ढिलाई गरेको छ । अनुसन्धान गर्न बनेको छानविन समितिले प्रतिवेदन बुझाउन नै आनाकानी गरेको हो ।

यही जेठ ६ गते अरुण गाँउपालिका–६ जरायोटारको भर्लाबोटमा अनुदानमा ल्याइएको कृषी मलमा मनपरी ढंगले बेचबिखन गरिरहेको भेटिएपछि छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाउन ढिलाई गरेको हो ।

छानविन समितिले नै प्रतिवेदन पेश गर्न आनाकानी गरेपछि कालोबजारी गर्नेहरुमाथि कारबाही हुन सकिरहेको छैन । श्रोतका अनुसार पौवादुङमा गाउँपालिकामा अनुदानको मलको ठेक्का पाएको ‘हाम्रो ट्रेड एण्ड सप्लायर्स तिवारी–भञ्ज्याङ’का सञ्चालक कृष्ण कोइरालामार्फत् अनाधिकृत रुपमै स्थानीय व्यापारी भद्रमान भुजेलले मल किनेर विक्री गरेका थिए ।

स्थानीय व्यापारी भुजेलले ठेकेदार कोइरालामार्फत् अनुदानको एकसय बोरा मलमध्ये ५३ बोरा युरिया मल विक्री गरेको स्वीकार गरिसकेका छन् । यता छानविन समितिले प्रतिवेदन अन्तिम चरणमा पुगेको बताएको छ ।

समितिका सदस्य अनिष सुवेदीले सबै तथ्याङ्कहरु समेटिएको र बुझाउन मात्र बाँकी रहेको बताका छन् । सम्पूर्ण आवश्यक प्रकृया पूरा गरी प्रतिवेदन पेश गर्न लागिएको उनले बताए ।

यता प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले पनि छानविन समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन भनेपनि प्रतिवेदन बुझाउन ढिलाई भएको स्वीकारेका छन् । प्रमुख जिल्ला अधिकारी पुरीले भने, ‘मैले चाँडोभन्दा चाँडो रिपोर्ट पेश गर्न भनेको थिएँ, तर अहिलेसम्म आएको छैन ।’

यसरी अनाधिकृत रुपमा एउटा गाउँपालिकाको अनुदानको मल अर्को गाउँपालिकामा कालोबजारी गर्नाले अन्य ठेकेदार कम्पनीलाई मल ढुवानीमा समस्या भएको एचपी सप्लायर्सका प्रोप्राइटर निर्मला शेर्पाले बताइन् ।

सप्लायर्सका सञ्चालक कोइरालाले भने कृषि सामग्री केन्द्रको मल नभई विभिन्न सहकारीमार्फत संकलन गरेको मल विक्री गरेको बताएका छन् । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने यूरिया मल स्थानीय व्यापारीमार्फत २ हजार रुपैँयामा बेचिरहेको पाइएपछि जिल्ला प्रशासनले मल सिल गरेको थियो ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments