यो वर्ष किसानले मलको अभाव खेप्नु नपर्ने ,बंगलादेशबाट आइपुग्यो ५२ हजार टन मल

सरकारले बंगलादेशबाट खरिद गरेको मल नेपाल आइपुगेको छ । नेपाल तथा बंगलादेशका दुई कम्पनीबीचमा ५० हजार टन मल ल्याउने सम्झौता भएको थियो ।

सम्झौता गरेको भन्दा २ हजार टन थप गरेर ५२ हजार टन रासायनिक मल आइपुगेको हो । बंगलादेशबाट युरिया मल ल्याउनका लागि नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्डस्ट्रिज’बीच सम्झौता भएको थियो । बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।

सम्झौतामा मल थपघट गरेर ल्याउने व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य सस्तो भएकाले ५२ हजार खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रवक्ता विष्णु पोखरेलले बंगलादेशबाट ५२ हजार मेट्रिक टन मल आइसकेको जानकारी दिए । मलको वितरण नियमितरूपमा भइरहेको उनले जानकारी दिए । यो वर्ष समयमा मल आयात गरेकाले मलको अभाव नभएको उनले जानकारी दिए । प्रत्येक वर्ष किसानले मलको अभाव खेप्नुपरेको थियो । यो वर्ष समयमै मल आयात गरिएकाले पनि बजारमा अभाव छैन ।
कम्पनीले सहकारी संस्थामार्फत मल वितरण गरिरहेको जानकारी दिएको छ । अझै कम्पनीसँग १५ हजार मौज्दात रहेको जानकारी दिएको छ । कम्पनीले ४ हजार ७ सय सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेको छ । धान रोप्ने सिजनका लागि मात्र एक लाख मेट्रिक टन मल आवश्यक पर्छ ।

मुलुकमा वार्षिक ७ लाख मेट्रिक टन आवश्यक पर्नेछ । सरकाले आगामी वर्षका लागि बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेर करिब ६ लाख टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय मूल्य तीन सय डलर प्रतिटन आसपास रहे पनि सरकारी लक्ष्यअनुसार नै खरिद गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा यही दरमा मूल्य कायम हुने हो भने १२ अर्बले २ लाख ८५ हजार टनदेखि बढीमा तीन लाख टनमात्रै मल ल्याउन सकिन्छ ।

यो वर्ष ११ अर्ब रुपैयाँ अनुदान हुँदा साढे ४ लाख टन मल भित्रिएको छ । सरकारले समयमा मल आयात गर्न नसक्दा प्रत्येक वर्ष किसानले मलको अभाव खेप्नुपरेको थियो । यो वर्ष समयमै मल आयात गरेकाले पनि धान रोप्ने बेला किसानले सहजै मल पाउन सकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments