अलैंची उत्पादनसँगै निर्यात बढ्दो क्रममा

प्रमुख नगदेबालीको रूपमा अलैंचीको निर्यात पछिल्लो समय बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएकाले निर्यातमा पनि वृद्धि हुँदै गएको हो ।

यो वर्ष अलैंची निर्यात ७४ प्रतिशतले बढेको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका तथ्यांकअनुसार, आर्थिक वर्ष २०७७/७८ मा अलैंची निर्यात ७४ प्रतिशतले बढेर ७ अर्ब २ करोड २४ लाख ९२ हजार रुपैयाँ बराबरको ८८ लाख ५७ हजार ३४२ किलो अलैंची निर्यात भएको छ । आव २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६९४ केजी निर्यात भउको केन्द्रको तथ्यांक छ ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ४ अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँ बराबरको ५२ लाख ४० हजार ३२९ केजी निर्यात भएको केन्द्रको तथ्यांक छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो । मुलुकमा उत्पादन भएको अलैंची छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ भने भारतले प्याकेजिङ गरेर पुनः अन्य देशमा पठाउने गरेको छ ।

नेपालबाट सिधै पाकिस्तान, बंगलादेश, साउदी अरब र दुबईमा अलैंची निर्यातका लागि छलफल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । नेपालबाट निर्यात भएको अलैंची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बंगलादेशमा पठाउने गरेको छ ।

छिमेकी मुलुक भारतसँगै, चाइना, यूएई, पाकिस्तान लगायतका मुलुकमा निर्यात हुने गर्छ । भारतमा अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेपछि यो वर्ष भारतमा अलैंचीको माग बढी भएको व्यवसायीको भनाइ छ । माग बढेकाले पनि छिमेकी मुलुक भारतमा ठूलो परिणाममा अलैंची निर्यात भएको छ । पछिल्लो समय मुलुकमा अलंैचीको उत्पादनमा समेत वृद्धि हुँदै गएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा १५ हजार ५५ हेक्टर क्षेत्रफलमा ७ हजार ९५४ मेट्रिक अलैंची उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७६/०७७ १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा ९ हजार ५४५ मेट्रिक टन उत्पादन भएको छ । यस्तै आव २०७४/७५ मा १२ हजार ७६९ हेक्टरमा ६ हजार ८४९ मेट्रिक टन उत्पादन भएको थियो ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैंची, मसला, औषधि, सेन्टलगायतका परिकार बन्ने गरेको छ । अलैंची व्यवसायी महासंघका अनुसार कोरोना महामारीकै बीच यो वर्ष अलैंचीले राम्रो मूल्य पाएको हो । वैशाख महिनामा प्रतिमन २३ हजार रुपैयाँ रहेको अलंचीको मूल्य जेठ महिनामा बढेर ३४ हजार पुगेको महासंघको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले मूल्य पनि बढ्न गएको व्यवसायीको भनाइ छ । यो विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायी बताउँछन् ।

कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । अलैंचीको खपत राम्रो हुने मुस्लिम देशहरू कोभिडले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । मुस्लिम देशहरू विशेषगरी पाकिस्तानबाट अलैंचीको माग उच्च रहेको महासंघको भनाइ छ ।कारोबार दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments