पाँचथरका कृषकहरु मुलाखेतीतर्फ आकर्षित

पाँचथर : पाँचथरका कृषकहरु मुलाखेतीतर्फ आकर्षित भएका छन् । उच्च पहाडका पाखाभित्तामा लगाएको मुला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मुला खेतीतर्फ आकर्षित भएका हुन् ।

खेती लगाएको दुई महिनामै उत्पादन हुने र राम्रो मूल्य पाउने भएपछि मुला खेती गर्ने कृषकको संख्या बढेको हो । जिल्लाको फिदिम नगरपालिकाको पौवाभञ्याङ, रानीटार र फाल्गुनन्द गाँउपालिकाको पौवासारतापमा मुलाखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ ।

कम खर्च, कम समय र कम परीश्रममा मुला खेतीबाट राम्रो आम्दानी हुने गरेको कृषकको भनाइ छ । मुला खेतीबाट २ महिनामै ५० हजारदेखी ५ लाख रुपैयासम्म आम्दानी हुने गरेको पनि कृषकहरुले बताएका छन् ।

यहाँको मुला बारीबाटै १५ देखि २५ रुपैया प्रति किलोमा विक्री हुने गरेको छ भने मुलाको मूख्य बजार भारतको सीलगुडी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments