किसान मोर्चाको आह्वानमा मल माग गर्दै प्रदर्शन

रौतहट : पहिलोचोटि नाम सुनिएको किसानको मोर्चाले रौतहट सदरमुकाम गौरमा ट्र्याक्टर प्रदर्शन गरेका छन्। आइटी आर्मीसित सम्बन्धित किसान मोर्चाको आह्वानमा सयौं ट्र्याक्टरले रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म २२ किलोमिटर लामो प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी नेताहरूले रौतहटबाट अर्को किसान आन्दोलन सुरु भएको बताएका छन्। २००९ सालमा रौतहटबाट ऐतिहासिक किसान आन्दोलन सुरु भएको थियो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल किसान संघले रौतहटमा सुरु गरेको किसान आन्दोलन सर्लाहीदेखि पर्सासम्म फैलिएको थियो।

किसानका समसामयिक माग उठान गर्दै रौतहटबाट पुनः किसान आन्दोलन सुरु भएको नेताहरूले बताए। नेपाल कम्युनिस्ट पार्टीका नेताहरू उपेन्द्र साह, राजकिशोर यादव, त्रिभुवन साह तथा निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले र्‍यालीलाई सम्बोधन गर्दै किसानको माग पूरा गराउन आन्दोलन सुरु भएको बताएका छन्।

भारतमा हालै भएको किसान आन्दोलनको शैलीमा गरिएको ट्र्याक्टर प्रदर्शनका सहभागीले धानखेतीको लागि युरिया मलको व्यवस्था तत्काल हुनुपर्ने माग गरेका छन्। यसैगरी, किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने, कृषि बिमा लागू हुनुपर्ने, पर्याप्त कृषि ऋण उपलब्ध गराउनुपर्ने, ट्र्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेज हुनुपर्ने जस्ता माग किसानको रहेको सहभागीहरूले बताए।

कार्यक्रमका सहभागीले किसानको माग सम्बोधन गराउन चरणबद्ध रूपमा आन्दोलन गर्ने तयारी गरेको पनि बताए। किसानहरू अनेक समस्याबाट ग्रसित रहे पनि कुनै सरकारले किसानको समस्या समाधानका लागि ध्यान नदिएको सहभागीको गुनासो छ। किसानको समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने कम्युनिस्ट नेताहरूले बताएका छन्।

प्रदर्शनमा सहभागी किसानले नेपाल कम्युनिस्ट पार्टीको हँसिया–हथौडा अंकित झन्डा बोकेका थिए।

यसअघि आइटी आर्मी नामको संगठनले प्रदेश २ का विभिन्न जिल्लामा मोटरसाइकल र्‍याली प्रदर्शन गर्नुका साथै जिल्ला समिति पनि गठन गरेको छ। सोही आइटी आर्मीको किसान मोर्चा रहेको बताइएको छ। नागरिक दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments