माला आयात : तिहार नजिकिएसँगै कृत्रिम मालाको बिगबिगी

कञ्चनपुर : नेपालीहरूको महान् पर्व तिहार नजिकिएसँगै कञ्चनपुरमा फूलको कृत्रिम मालाको बिगबिगी बढेको छ । सयपत्री, मखमली, गोदावरीलगायतका फूलहरूको व्यावसायिक उत्पादन नभएको कारण भारत र चीनबाट फूलको कृत्रिम माला आयात गरिएको हो ।

कञ्चनपुरको मुख्य बजार महेन्द्रनगरमा रङ्गीबिरङ्गी फूलको कृत्रिम मालाहरू विक्रीका लागि राखिएका छन् । सालिक चोक लगायतका स्थानमा कृत्रिम मालाहरू बिक्रीका लागि राखिएका छन् । भने मालाहरू किन्नेहरूको समेत घुइँचो छ ।

यस्तै तिहार नजिकिएसँगै भाइ मसला, सप्तरङ्गी टीका, काजु, किसमिसलगायत तिहारमा आवश्यक सामाग्रीले पसलहरू भरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments