प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुने

दमौली : उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्क गराउने र उत्पादनको अवस्थाबारे जानकारी दिन तनहुँको सदरमुकाम दमौलीमा प्रथम तनहुँ कृषि तथा पशुपन्छी मेला हुने भएको छ । व्यास नगरपालिकाको आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बीउ व्यवसायी सङ्घको सहकार्यमा पुस ३० गतेदेखि माघ २ गतेसम्म कृषि तथा पशुपन्छी मेला हुन लागेको हो ।

कृषि उत्पादनसँग सम्बन्धित जिल्लास्थित निकायसँग आपसी समन्वयमा सशक्त भूमिका निर्वाह गरी कृषकका उत्पादन वृद्धिमा बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य मेला गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “इतिहासमा यहाँ उत्पादित कृषिउपज छिमेकी जिल्लादेखि देशका कुनाकाप्चासम्म पुग्ने गरेको भए तापनि हाल आएर परनिर्भर हुनुपरेको छ”, उहाँले भन्नुभयो, “यो परनिर्भरता चिर्न मेलाले ठूलो भूमिका निर्वाह गर्नेछ र आत्मनिर्भर भई निर्यात गर्नसमेत विशेष सन्देश प्रवाह गर्नेछ ।”

मेलामा ४० कक्ष राखिने र सबै कक्ष कृषकलाई निःशुल्क उपलब्ध गराइनेछ । उक्त कक्षमा जिल्लाभरका कृषकले मास, तरकारी, फलफूल, महलगायतका कृषिउपज सामग्री प्रदर्शन तथा बिक्री गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

मेलामा कृषि प्रदर्शनी, प्रतियोगिता, बिक्री वितरण, आधुनिक कृषि उपकरण प्रदर्शन, आधुनिक प्रविधिसम्बन्धी जानकारी एवं बिक्री वितरण, कृषि बीमा कम्पनीबाट जानकारीलगायतका कार्यक्रम गरिनेछ । जिल्लाका हरेक पालिकाबाट कम्तीमा एक पालिका ः एक उत्पादन तथा व्यास नगरपालिकाबाट कम्तीमा एक वडा एक उत्पादनको प्रदर्शन एवं उत्पादनको रणनीति अवलम्बन गरिएको छ ।

मेलाले कृषि उत्पादनसँग सम्बन्धित जिल्लास्थित निकायसँग आपसी समन्वयमा सशक्त भूमिका निर्वाह गरी कृषकका उत्पादन वृद्धिमा बजारीकरणमा उपलब्धीमूलक हुने, एकापसमा छलफल गरी कार्यगत एकता हुने, स्थानीय तहको कृषि नीतिमा सल्लाह र सुझाव दिन सहयोगी हुने उपलब्धि हासिल गर्ने बताइएको छ । मेलाको दश हजार जनाले अवलोकन गर्ने दावी छ । मेला सम्पन्न गर्न पाँच लाख बजेट अनुमानित गरिएको छ ।

जिल्लामा ४२ प्रतिशतभन्दा बढी भूभाग कृषियोग्य रहेको यहाँका ६० प्रतिशतभन्दा जनसङ्ख्या कृषिमा आधारित छन् । यहाँको जलवायु, जल, जमिन, अन्नबाली, तरकारीबाली, फलफूल पुष्पदेखि बीउ उत्पादन तथा पशुपन्छी र माछापालनको दृष्टिले उपयुक्त मानिएको छ । यहाँ उत्पादित सामग्री स्थानीय बजार एवं देशका प्रमुख सहरमा बजारीकरण गर्नका लागि उपयुक्त छ ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा दमौलीमा कृषिउपजको बिक्री एवं प्रदर्शनी हुँदै आएकामा विगत केही वर्षदेखि यस्तो प्रचलन अवरुद्ध रहेको छ । कृषिउपजको बिक्री वितरणमा सहजता होस् र उत्पादक तथा उपभोक्ताबीचको सीधा सम्बन्ध होस् भन्ने उद्देश्यका साथ मेला पुनः सुरु गर्न लागिएको बीउ व्यवसायी सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो । “यसको निरन्तरताले कृषिउपज सङ्कलन बजारीकरण तथा प्रचारप्रसारमा ठूलो भूमिका र कृषकलाई अवसर एवं हौसला प्र्रदान गर्ने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments