सोलुखुम्बुका कृषक अकबरे खुर्सानीखेतीतर्फ अग्रसर: एकवर्षमा १२ मेट्रिकटन खुर्सानी निर्यात

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुबाट एकवर्षमा १८ लाख रुपैयाँको अकबरे खुर्सानी निर्यात भएको छ। यस वर्षको बैशाखदेखि मंसिरसम्ममा जिल्लाबाट १८ लाख रुपैयाँ बराबरको १२ मेट्रिकटन खुर्सानी निर्यात भएको कृषि ज्ञाान केन्द्र सोलुखुम्बुको तथ्यांक छ।

यहाँको अकबरे खुर्सानीको माग पूर्वको धरान, मोरङ, काठमाडौँलगायतका स्थानहरुमा उच्च माग रहेको ज्ञान केन्द्रका सूचना अधिकारी कुल बहादुर राई बताए। माग बढेसँगै यसबाट राम्रो आम्दानी हुने देखिएपछि पछिल्लो समय धेरै कृषकहरु व्यवसायीक खेतीतर्फ अग्रसर भएका छन् । जसका कारण यस वर्ष जिल्लामा अकवरे खुर्सानीको उत्पादनमा ८ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी राईले बताए। गत वर्ष १४० मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष बढेर १५२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

अघिल्लो वर्ष २० हेक्टर क्षेत्रफलमा हुँदै आएको खुसार्नी खेती गत वर्ष २१ं.३ हेक्टर पुगेसँगै उत्पादनमा वृद्धि भएको छ। जिल्लाको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिका क्षेत्रमा व्यवसायीकरुपमा खुर्सानी खेती गरिदैँ आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments