हुम्लामा पहिराेमा पुरिएर ४ जनाको मृत्यु, ५ घाइते

हुम्ला :चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।

पहिरामा परेर पाँच घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षका देउच्या , ३६ वर्षीया अङ्गती , १४ वर्षीया मनिका , १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन् । घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments