हलुवाबेद खादा स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा जानिराखौ

हलुवाबेद नेपालमा एक परिचित फल हो । यो फल व्यावसायिक रूपमा बिक्री नहुँदा प्रवद्र्धन पनि खासै भएको पाइन्न, तर पछिल्लो समय यो फलको महत्व बुझ्न थालेपछि सबैले खोजी–खोजी खान थालेका छन् ।

अबका दिनमा यो फल होटल–रेस्टुराँमा पनि व्यावसायिक रूपमा राख्ने र यसका परिकार बनाउन थालेकाले अब यसको महत्व झन् बढ्न थालेको छ । यो फलमा ३० भन्दा ज्यादा पोषण तत्व पाइने हुँदा जोकोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।

इबोनी उड परिवारको डिओस्पाइरोस वर्गमा पर्ने यो वनस्पतिको हलुवाबेद पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचीन ग्रिकमा डिओस्पाइरोस भन्नाले ‘भगवान्को फल’ भन्ने बुझिन्छ । यो वनस्पति पतझर वनस्पतिअन्तर्गत पर्छ ।

यसको फलको रङ्ग हल्का सुन्तला, पहेंलो, गाढा सुन्तला, रातो तथा प्रजातिअनुसार फरक हुने गर्छ, जुन १.५ देखि ९ से.मि. व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ । हलुवाबेदको फल खानका लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसँग टाँसिएको हुन्छ, तर फल पाकेपछि उक्त पत्रदल सजिलै निकाल्न सकिन्छ ।

हलुवाबेदको फलमा प्रशस्त मात्रामा ग्लुकोज पाइन्छ, ग्लुकोजका अतिरिक्त यसमा सन्तुलित मात्रामा प्रोटिन पनि पाइन्छ । यी फलहरू रासायनिक र औषधीय गुणका कारण पनि अत्यन्तै महत्वपूर्ण छन् ।

हलुवाबेद एक समशीतोष्ण किसिमको फलफूल हो, तर फल फल्ने समयमा चाहिँ तापक्रम पुगेन भने टर्रोपना आउन सक्छ । त्यसैले गर्दा फल लाग्ने समयमा घाम लाग्ने मोहडा भएको जग्गा छनोट गर्नुपर्छ । सुन्तला जातको फलफूल खेती गर्न सकिने स्थानमा हलुवावेदको खेती गर्न सकिन्छ ।

नेपाली दूतावास जापानको आफ्नो साइडले दिएको जानकारीअनुसार नेपाली विद्यार्थीहरू तीन वर्षको अध्ययन पूरा गरी जापानबाट सन् १९०५ मा नेपाल फर्केका थिए । उनीहरू नेपाल फर्कंदा यो फलको बीउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए, जुन त्यसअघि नेपालमा पाइँदैनथ्यो ।

आज हलुवाबेद नेपालमा फलिरहेका छन्, जसलाई एक शताब्दीपहिले नेपाली विद्यार्थीहरूले समुद्रपारबाट आफ्ना यात्रा–संस्मरणस्वरूप ल्याएका थिए । आज यो फलले दुई देशबीचको जनस्तरीय मित्रताको सुरुवातका रूपमा लिन सकिन्छ । ती विद्यार्थीहरूले यो फलको बीउसँगै नीललहर, कटुस र गोदावरी फूलका बीउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए, जुन त्योभन्दा पहिला नेपालमा पाइन्नथ्यो ।

हलुवाबेदका स्वास्थ्यसम्बन्धी अचुक फाइदाहरू

 

  • फाइटोकेमिकल्सको प्रमुख स्रोत हो हलुवा बेद फल।
  • वजन सन्तुलनका लागि अति नै उपयोगी फल हो हलुवाबेद ।
  • हलुवाबेद फल एक प्राकृतिक एन्टिहेमोर्रोइड मानिन्छ, जसले कुनै चोटपटक या ब्लिडिङलाई निदान गर्न मद्दत गर्छ ।
  • खाना पचाउन राम्रो सहायता पु-याउने फल भनेर चिनिन्छ ।
  • डाइबिटिजका लागि उत्तम फल ।
  • उच्च रक्तचाप (हाइपरटेन्सन) का लागि पनि राम्रो मानिन्छ ।
  • इम्युनिटी पावरलाई शुद्ध बनाउने स्वास्थ्यमैत्री फल हो हलुवाबेद ।
  • क्यान्सरका लागि पनि उत्तम फल हो हलुवाबेद ।
  • आँखाको भिजन सुधार गर्नका लागि पनि राम्रो फल हो ।
  • शरीरको रेड ब्लड सेल उत्पादन गर्न सहयोगी फल ।
  • बेलाबेलामा हिचकिचाउने समस्या हुनेका लागि राम्रो फल ।
  • कलेजोलाई सहयोग पु-याउने फल पनि हो हलुवाबेद ।
  • यो एक शक्तिवद्र्धक फल मानिने हुँदा एक किसिमको इनर्जी फल पनि मानिन्छ ।
  • यो फल नियमित खानाले संक्रमणको समस्या पनि निदान हुन्छ ।
  • यो फलमा ३० भन्दा ज्यादा पोषण तत्व पाइने हुँदा जोकोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।
  • अत्यधिक मोटोपना भएको व्यक्तिलाई पनि यो फल अमृतसरि मानिन्छ ।
  • आहार नली स्वस्थ राख्न अचुक फाइदा पु-याउने फल ।
  • मुटुसम्बन्धी समस्या हुनेका लागि अत्यन्त लाभदायी फल ।
  • मस्तिष्कसम्बन्धी समस्या हुनेका लागि स्वास्थ्यमैत्री फल ।

कसरी खाने हलुवाबेद, के–के परिकार बन्छ ?


हलुवाबेद ‘फल एक, परिकार अनेक’ भनेर चिन्न सकिन्छ । स्वास्थ्यसम्बन्धी कैयांै फाइदा हुँदाहुँदै पनि यो त्यत्तिकै पाकेको खाँदा पनि मीठो र स्वादिलो फल हो । यो फल पाकेपछि राम्ररी पखालेर ताछेर या नताछी बोक्रैसँग पनि खान सकिन्छ । यसको स्मुथी, जुस, लस्सी, सलाद जे बनाएर खाँदा पनि हुन्छ । यो फलको जाम र केक पनि निकै प्रसिद्ध मानिन्छ । हलुवाबेदको ब्रान्डी हालेर बनाएको केक विश्वमा निकै प्रसिद्ध मानिन्छ ।

हलुवाबेदको ताजा जुसलाई शक्तिवद्र्धक र रोगप्रतिरोधात्मक बुस्टर भनेर पनि चिनिन्छ । कुलिनरिइउजेजका लागि यो फल काँचो, पाकेको या सुकाएको सबै खाले प्रयोग गरेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments