नेपालमा शिताके च्याउ खेती प्रविधि

यो एक प्रकारको कमलो (कुकाठ) जस्तै उतिस, ओखर, सौर, आँप जातको रुखको मुढामा प्राकृतिक वातावरण तयार पारेर गरिने च्याउ खेती हो। जो हामिले देखि जानी आएको पराले च्याउ खेतिभन्दा नितान्त फरक प्रबिधिद्वार गरिने च्याउ खेती हो।

यो खेती गर्दा मद्य पहाडी क्षेत्रको चिसो हावापानी उपयुक्त हुन्छ।यो च्याउको खेती प्राकृतिक तरिकाबाट मुढामा गरिने भएकोले विसादी मुक्त खाद्य बस्तु हो।विश्व खाद्य सङगठन (who) ले shiitake च्याउलाइ सबैभन्दा स्वदिस्ट खाद्यबस्तु भनेर बर्गिकृत गरिएको छ। अब शिताके च्याउको उत्पादन गर्नको लागि मुढा तयार गर्ने बेला पनि भयो ।

काठको मुढा कसरि तयार गर्ने

माथि उल्लेखित कु -काठको बोट ४ देखि २० बर्षको हुनु पर्छ । बोटको हाँगाको ब्यास ५ देखि १५ से.मि गोलाइको हुनु पर्छ ।शिताके च्याउको मुढालाई कार्तिक देखि माघ सम्म काटि सक्नु पर्छ यो बेला काट्दा काठमा चिनीको मात्रा बढी हुने हुदा च्याउको लागि राम्रो हुन्छ ।

मुढा काटी सकेपछि ७-१५ दिन शित्तल छहारीमा राख्नु पर्दछ ।च्याउको बिउ रोप्नु अघि काठमा चिस्यान ५० प्रतिशत जति हुनु पर्छ , २० प्रतिशत भन्दा कम र ७० प्रतिशत भन्दा बढी भएमा च्याउ राम्रो संग बढ्न सक्दैन र ज्यादा चिसो भएमा हानिकारक ढुसी लाग्न सक्ने सम्भावना हुन्छ ।

मुढामा बिउ रोप्ने तरिका

काठको मुढामा करिब २.५ से मि को प्वाल काठ पार्नेड्रिलर मेसिन  वा बर्माको सहायताले गर्नु पर्छ। एउटा प्वाल देखि अर्को प्वाल ५ से मि को फरकमा पार्ने , लाइनको फरक पनि ५ से मि गर्नु पर्छ र बीच बिचमा १० से मि को हिसाबले प्वाल बनाउनु पर्छ ।

च्याउको बिउलाइ प्वालमा बिस्तारै कोचीदिनु पर्छ र बिउ रोपी सके पछि झोल मैनले प्वाल टाली दिनु पर्छ ।काठ वा मुढालाई माटोमा छुने हिसाबले चांग लगाउनु हुदैन र चांग १ देखि १.५ मिटर अग्लो हुने गरि लगाउनु पर्छ ,सिधा घाममा मुढालाई नराखी माथि बाट छानो वा शित्तल ठाउमा राख्नु पर्दछ ।एक महिना पछि फेरि अर्को चांग बनाइ पहिलेको चांग माथि कैची आकारको हुने गरि राख्नु पर्दछ ।

 

गर्मि मौसममा १ दिनको फरकमा मुढा माथि सिंचाई गर्नु पर्छ ।बेड लगको चांगलाइ ३ देखि ६ चोटी सम्म बर्षको तलको माथि र माथिको तल पर्नु पर्ने हुन्छ । ६-७ महिना पछि मुढालाई छुटै तवरले राख्नु पर्छ ।१० से मि को फरकमा चापो हालेको घरमा ठाडो बनाइ राख्नु पर्छ । छापो भित्रको तापक्रम १५ देखि २० र आद्रता ७० देखि ८० प्रतिशत हुनु पर्छ अनि ६ देखि १० दिनमा च्याउ उम्रन सुरु गर्छ अनि च्याउ टिपी सकेपछि १० देखि १२ घन्टा पानीमा दुबाइ माथि भने जस्तो गरि चांग लगाउनु पर्छ ।च्याउलाई टिप्दा बटारेर वा कैचीले काटेर टिप्न सकिन्छ ।

उत्पादन

काठको तौलको आधारमा १५ देखि १७ प्रतिशत उत्पादन लिन सकिन्छ । मानौ १० के जी मुढा भएमा १.५ देखि १.७ के जी च्याउ उत्पादन लिन सकिन्छ ।

एक पटक थोरै लगानी र मिहिनेत गरेपछी ४-५ बर्ष सम्म खान पाइने छ। एक पटक थोरै लगानी र मिहिनेत गरेपछी 4- 5 बर्ष सम्म खान पाइने छ। असोज महिना देखि चैत्र सम्म तरकारिको दु:ख हुदैन।

(लेखक कृषि विज्ञ हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments