बाख्रा चराउन गएका बोहराको भीरबाट लडेर मृत्यु

बाजुरा: जिल्लाको गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर आज एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–२ मल्दुगुनका स्थानीय ४५ वर्षीय रामबहादुर बोहरा रहेका छन् । गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको आफन्त शुक्रराज बोहराले राससलाई जानकारी दिनुभयो ।

उहाँले बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेको बताउनुभयो । मृतकका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments