व्यासमा चिस्यान केन्द्र निर्माण

तनहुँ:गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ ।

व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा रू एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो ।

वषौँंदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको उक्त सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी हाल चिस्यान केन्द्र निर्माण गरेको व्यास नगरपालिकाका अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो ।

केन्द्रको देवचुली कन्टक्सन कम्पनी प्रालिले २०७८ भदौ १३ गते सम्झौता गरी निर्माण थालेको थियो । गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र व्यास नगरपालिकाको ३० प्रतिशत लगानीमा केन्द्र बनाइएको हो । नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक रू चार÷पाँच करोड बाहिरिनबाट रोकिने नगरपालिकाले जनाएको छ ।

यसअघि आलु, फलफूल, तरकारीलगायतका बस्तु कोल्डस्टोरमा राख्नुपर्ने भएकाले पोखरा र चितवन लैजाने गरिन्थ्यो । चिस्यान केन्द्र निर्माण सम्पन्न भएपनि थ्रीफेस लाइन जडान बाँकी रहेकाले जडान प्रक्रिया अघि बढाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

जेनेटर चलाउनको लागि विद्युत् टान्सफर जडान गर्नुपर्ने भएकाले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

चिस्यान केन्द्र चालु आवबाट सञ्चालन गर्ने तयारी गरेको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments