चार करोड ३४ लाख माछा र भुरा बिक्री

बागमती:हेटौँडाको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रले चालु आर्थिक वर्षको हालसम्म चार करोड ३४ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरेको छ ।

मकवानपुरस्थित कार्यालयका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र बिक्री बढ्दै गएको हो ।

प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा कार्यालयमा भएका पोखरी मर्मत तथा सुधार गरिएपछि यस वर्ष माछा र भुराको उत्पादन वृद्धि भएको हो ।

कार्यालय प्रमुख सरोज यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निर्माणलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । कार्यालयको हातामा रहेको माछा फार्मबाट सात जातका विकासे माछाको भुरा बिक्री गरिन्छ ।

उहाँका अनुसार हाल थप दुई जातका स्थानीय तथा लोपोन्मुख सहर र गर्दीजातका रङ्गीन कोइकार्प माछा प्रजनन तथा बिक्रीको तयारीमा छन् ।

कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिस गरिएका स्वदेशी रहु, नैनी र माकुर माछा तथा विदेशी कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प र ग्रप्स कार्प गरी जम्मा सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई बिक्री गरिएको छ ।

आथिक वर्ष २०७६÷०७७ देखि वार्षिक रू पाँच लाखभन्दा बढी माछा र भुरा बिक्रीबाट कार्यालयको राजस्व बढ्दै गएको छ । एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन पनि सुरु गरिएको र आठओटा जीर्ण अवस्थामा रहेका पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमूना तथा लिभफिस म्युजियम स्थापना गरी सञ्चालन गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷७६ देखि प्राकृतिक जलाशयमा जातीय विविधतासम्बन्धी अनुसन्धानका क्रममा स्यार्फुताल, राप्ती, वाग्मती, सामरी, बकैया, अरुण, कोसी तथा कर्णाली नदीका साथै बेगनास ताललगायत नदी र तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख गरिएको छ । यसबाट ४५ प्रजातिका माछाका नमूना सङ्कलन गरिनाका साथै पानीको गुणस्तरसमेत अनुसन्धान गरिएको कार्यालयले जनाएको छ ।

ग्रासकार्प माछाको आहारका लागि पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका नेपियर वर्षीम, केरा, सुडान, जौँलगायतलाई दानाका रुपमा व्यवस्था गरिएको छ । आहारमा लाग्ने लागतको पनि तुलनात्मक अध्ययन भइरहको छ ।

कार्यालयले जलीय विविधता एवं प्रवद्र्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम गर्दै आएको छ । यसका लागि खोला नालामा स्थानीय जातका भुरा छाड्ने, जनचेतनामूलक होर्डिङ बोर्ड, गोष्ठी सभालगायत कार्यक्रम गर्दै आएको छ ।

काठमाडौँ तथा स्थानीय बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले २०२४ सालमा उक्त फार्म स्थापना भएको थियो । कार्यालयअन्तर्गत ४७ दशमलव नौ हेक्टर क्षेत्रफलमा माछा पोखरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
100 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments