सुक्न थाल्यो उखु !

इनरुवा, सुनसरीको बर्जु गाउँपालिका ५ अमाहिबेलाहामा रहेको इस्र्टन सुगर मिल समयमा सञ्चालन नभएकाले उखु खेतमै सुक्न थालेको छ । सरकार र उखु मिल सञ्चालकबीचको बेमेल र किसान तथा मिल बीचको द्वन्द्वका कारण दुई महिनाअघि नै खुल्नुपर्ने मिल समयमा नखुलेकाले उखु खेतमै सुक्न थालेको हो ।
समयमा मिल सञ्चालनमा नआउँदा किसानले लगाएको कुल उखु बालीको २५ देखी ३० प्रतिशत उखु सुकी सकेको कोसी उखु उत्पादक किसान सङ्घका अशोक राईले बताउनुभयो ।
सुनसरीमा दुई हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएकोमा अधिकांश ठाउँमा समयमा मिल नखुलेकाले उखु खेतमै सुक्न थालेको किसानले बताएका छन् । मिल सञ्चालनमा नआएकाले किसान चिन्तित छन् ।

सुनसरीको कोसी गाउँपालिका २ पश्चिम कुशाहाका किसानले लगाएको अधिकांश उखु समयमा नकाटिँदा खेतमै सुक्न थालेको स्थानीय किसान ललित यादवले गुनासो गर्नुभयो । उखु सुक्न थालेपछि उखु खेती गर्न लगाएको लागनीसमेत डुब्ने खतरा बढेको पीडित किसानले बताए ।

इनरुवा नगरपालिका १० जल्पापुरका किसानले समेत समयमा मिल नखुलेका उखु कटान गर्न नसक्दा रोगले उखु सुकेका बताएका छन् ।
लनागीको प्रतिफल आउने र कर्जा तिर्ने सहितका ‘धेरै आशा राखेर उखु खेती गरेको थिएँ,’ कोसी गाउँपालिका २ का किसान रामकिसुन यादले भन्नुभयो ‘यसपालि खेतको भाडा तिर्न पनि मुस्किल पर्छ । ’ कोसीका गाउँलेको उखुसमेत सुकेको अर्का स्थानीय किसानले रामसागर यादवले जानकारी दिनुभयो । सबैलाई उखु छिटोभन्दा छिटो सुक्दै गरेको उखु बिक्री गर्ने चिन्ता थपिएको यादवको भनाई छ । हरिनगर गाउँपालिकाका किसान इमरान मियालाई डेढ बिघा जग्गामा उखु बाली लगाएकोमा चिन्ता छ । न त समयमा मिल खुलेको छ न त समयमा उहाँले उखु बिक्रीबाट रकम आउने सम्भावना छ, त्यसैले चिन्ताले सताएको किसान रामदेव महेताले बताउनुभयो ।

कोसी र हरिनगरका लगाइएको मध्ये आधा जति उखु सुकिसकेको छ । चिनीमिल नचल्दा सबभन्दा बढी किसान मारमा परेको देवानगन्जका किसान रामवृक्ष मेहताले बताउनुभयो । चिनीमिलको यो रवैयाबाट आजित अधिकांश किसान उखु खेती नै नगर्ने मनस्थितिमा पुगेका छन् । उखु काटेर अब धान खेती गर्ने मेहताले बताउनुभयो । ‘गहुँको सिजन समात्न सकिएन,’ उहाँले भन्नुभयो, ‘समयमा उखु काट्न पाए गहँु छरिन्थ्यो । ’ किसानको पीरमर्कालाई न सरकार, न मिल सञ्चालकले नै बुझेका छन्, कोसी उखु उत्पादक किसान सङ्घका अशोक राईले भन्नुभयो । उखुको मूल्यको विवादलाई अविलम्ब सुल्झाएर मिल सञ्चालनमा ल्याउन पहल गरिदिन किसानले सरकारलाई आग्रह गरेका छन् । इस्टर्न सुगर मिलले सरकारले तोकेको मूल्य तिर्न सक्ने अवस्थामा मिल नरहेको जिकीर गरेको छ । सुनसरी, मोरङ र झापासम्मको उखु खेती इस्टर्न सुगर मिलको कारणले गरेको तर मिल नै सञ्चालन नगरिएकाले मारमा किसान परेका छन् । सरकार र किसान दुवैको दबाबमा आफूहरू रहेको मिल व्यवस्थापनले जनाएको छ । मङ्सिरको दोस्रो साताबाट सञ्चालनमा आउनुपर्ने मिल पुस बित्न लाग्दासमेत खुलेको छ्रैन । यो सिजनमा ३० हजारदेखि ४० हजार मेट्रिक टन उखु पेल्ने लक्ष्य उद्योगले लिएको छ । गोरखापत्र

')}

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments