म किसान……!!!

म किसान,

बिहान झिसमिसेमा उठेर कोदाली बोकेर हिड्छ किसान ! 

हलो जुवा बोकेर जोत्न हिड्छ किसान !!

 

आफ्नो खेतमा आँफै कुलो लेराउछ किसान !

बीउ जस्तो आउछ उस्तै आँफै रोप्छ किसान !!

 

आयातित मलको लाइनमा भोकभोकै आँफै बस्छ किसान !

गोडमेलमा फेरी आँफै लाग्छ किसान !!

 

कहिले भेल कहिले बाढि तै पनि दु:ख गर्छ किसान !

टिप्ने,काट्ने,बोक्ने भित्र्याउने सबै आँफै गर्छ किसान !!

 

अनी भेट हुन्छ सुनको सिक्री टलक्क टल्किएको व्यापारी सँग  !

अनी लुटिन्छ किसान !!

 

राज्यको सबै आँखे ढोका बन्द हुन्छ  !

अनी पिडामा सुत्छ किसान !!!

 

 

फेरी विहानी झिसमिसेमा उठेर कोदाली बोकेर हिड्छ किसान !!

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments