लागूऔषध तस्करीको अभियोगमा दश जना पक्राउ

हेरात । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अफगान प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

प्रान्तीय प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार कथित तस्करहरूलाई प्रान्तीय राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो ।

यसैबीच, अफगानिस्तानको ‘काउन्टर नोर्कोटिक्स पुलिस’ले गत शनिबार उत्तरी सामगन र पश्चिमी फराह प्रान्तमा लागूऔषध तस्करीमा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको थियो ।

अफगानिसतानको तालिवान प्रशासनले चरेस उत्पादन एवम् प्रशोधनमा प्रतिबन्ध लगाएको छ भने लागूऔषध ओसारपसारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments