राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक एनेस

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक हुनुहुन्थ्यो ।

यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदीप हुमागाईं र सहिद स्मारक ए डिभिजन लिगको साविकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments