प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड ः बैतडीबाट चौँसट्ठी खेलाडी छनोट

बैतडी, सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि यहाँबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन् ।   
   
यही फागुन १२ देखि १४ गतेसम्म पाटनमा सम्पन्न भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट गरिएको हो । एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर दौडका लागि एक÷एक छात्र र छात्रा छनोटमा परेका छन् ।   
   
यस्तै, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, कबड्डी, भलिबल, कराते र एकलकातामा छात्र तथा छात्रातर्फ खेलाडी छनोटमा परेका छन् । छनोट भएका खेलाडीलाई केही दिनमा बन्द प्रशिक्षणमा बोलाइनेछ । प्रदेशस्तरीय प्रतियोगिताको मिति भने टुङ्गो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments