प्रथम महिला उपमेयर कपको उपाधि आठराई त्रिवेणीलाई

ताप्लेजुङ, ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले उपाधि हात पारेको हो ।   
   
विजेता भएसँगै आठराई त्रिवेणी गाउँपालिकाले नगद रु एक लाख ११ हजारसहित तीन वर्षे रनिङ कप र प्रमाणपत्र प्राप्त गरेको छ । रनिङ कप एक सय तोला चाँदी र आधा तोला सुन जडित रहेको आयोजकले जनाएको छ ।   
   
यता उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले भने रु ५५ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै प्रतियोगिताको तृतीय स्थानमा रहेका सिरिजङ्घा र मेरिङ्देन गाउँपालिकाको टिमलाई नगद रु नौ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।   
   
विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा लगायतले संयुक्तरूपमा पुरस्कार वितरण गर्नुभयो । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फुङ्लिङ नगरपालिकाले आयोजना गरेको प्रतियोगिता यही फागुन २१ गतेदेखि सुरु भएको थियो ।   
   
प्रतियोगितामा जिल्लाको मैवाखोला गाउँपालिका बाहेकका सबै स्थानीय तहबाट खेलाडी सहभागी भएका थिए । खेल क्षेत्रमा महिलाको उपस्थिति वृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको फुङ्लिङ नगरपालिका उपप्रमुख भीमादेवी ओझाले बताउनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments