जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ ।

त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments