एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा (एमाले)ले उपराष्ट्रपति पदको निर्वाचनमा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उप–महासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

आज उपराष्ट्रपति पदका लागि मनोनयन हुँदैछ । बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा समीक्षा भएको पार्टीका उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । एमालेले यसअघि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments