सत्तारुढ गठबन्धनको बैठक : उपराष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउदै

काठमाडौँ । सत्तारुढ गठबन्धनको आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ । यसैगरी जनमत पार्टीका तर्फबाट ममता झालाई महिला उम्मेदवार बनाउने निर्णय भएको छ ।

राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिनुभयो ।

“आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने र आइतबारसम्म छलफल गरेर एउटै उम्मेदवार कायम गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने भनेकाले कुनै जोखिम नलिइ आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको अध्यक्ष राउतले बताउनुभयो ।

निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समयसीमा तय गरेको छ । गठबन्धनले जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर आयोगले पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्ने जनाएपछि आज पुनःछलफल गरी अन्तिम निष्कर्ष दिने सो पार्टीले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत शीर्ष नेताको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments