पानीको ड्रमको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौँ । काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।

डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यता काठमाडौँको टोखा नगरपालिका–९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन् ।

प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । अहिले शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको जनाइएको छ । उनी बढी मदिरा सेवन गर्ने गरेका स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments