आजको मौसम यस्तो छ

काठमाडौँ, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   
   
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   
   
रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।   
   
काठमाडौँ उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धरानमा २७ मिलिमिटर वर्षा भएको छ । जनकपुरमा २०, सिमरामा १६, धनकुटामा सात, ताप्लेजुङमा पाँच, विराटनगरमा छ र जिरीमा सात मिलिमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments