बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने

खजुरा, बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ ।   
   
एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा नै यतिबेला सबैतिर आँपका रूखमा फूल झमक्क फुलेका छन् । बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपका रूख लगाइएका छन् । व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका फूल फुलेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताउनुभयो । उहाँका अनुसार यस वर्ष आँपको उत्पादन बढ्न सक्ने विश्वास छ । उहाँले भन्नुभयो, “आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष सबैतिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”   
   
बाँकेमा चैत, वैशाख तथा जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पुर्‍याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दा लगायतका अन्य आँपका रुख पनि लगाइएको छ । बाँकेभर करिब तीन सय हेक्टर जमिनमा आँप लगाइएको अनुमान केन्द्रको छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । जिल्लाको सीतापुर, भवानियापुर, डुडुवा लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments