मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सफा रहने

काठमाडौं, हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशमा मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 त्यस्तैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?