रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

रसुवा, नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।   
   
अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका लागि प्रस्थान गरिसकेको र नेपालबाट पनि आइतबार पाँचजना चिनियाँ पर्यटक मितेरीबाट केरूङतर्फ गएका छन् ।   
   
यसैगरी केरूङ घुम्नका लागि शनिबार र आइतबारमा एक सय छजना नेपाली मितेरी पुलबाट चिनियाँ क्षेत्रमा प्रस्थान गरेको सिमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको भनाइ छ । सिमाक्षेत्रमा बसोबास गर्ने नेपालीका लागि चीनको केरूङ प्रान्तमा जान पाउने गरी रसुवावासीका लागि अध्यागमन कार्यालयले विगतका वर्षमा जारी गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन रसुवाको घट्टोलास्थित उक्त कार्यालयमा भीड बढ्न थालेको छ ।   
   
करिब पाँच सय छ जनाले नवीकरण गराइसकेका र नवीकरणका लागि दैनिक ठूलो सङ्ख्यामा रसुवाबासी अध्यागमन कार्यालय पुग्ने गरेको कार्यालयका वरिष्ठ अध्यागमन सहायक खेमराज खड्काले बताउनुभयो । केरूङमा हाललाई मालबाहक सवारी चलाउने चालक र नवीकरणसहितको स्थायी परिचयपत्र भएका रसुवावासीले मात्र जान पाउने बताइएको छ ।   
   
केरूङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ छ । साथै सिमाक्षेत्रका चिनियाँ अधिकारीले गरेको आग्रहलाई स्वीकार्दै सीमाक्षेत्रमा रहेको हेल्थडेक्समार्फत तीन सय ६४ जनाको एजेटिजेन परीक्षण गरिएको छ । परीक्षणबाट पोजेटिभ भेटिएका तीन जनालाई होम आइसोलेसन पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments