अभियान साहित्य कलाकार समाजकाे अभियान पुरस्कार, सम्मान तथा स्मारिका बिमाेचन कार्यक्रम सम्पन्न

भक्तपुर । अभियान साहित्य कलाकार समाजकाे आयाेजनामा शनिबार विशिष्ट ब्यक्तित्व हरु सम्मानित भएका छन् । बैशाख ३० गते शनिबार शँखधर पार्टी प्यालेसमा आयाेजित अभियान पुरस्कार, सम्मान तथा स्मारिका बिमाेचन कार्यक्रममा विभिन्न स्रस्टा तथा कलाकार र समाजसेवी सम्मानित भएका हुन् ।

उक्त समाराेहमा  सँस्थाकाे बार्षिक उत्सबकाे अवसरमा प्रकाशन गरिएकाे ” अभियान स्मारिका२०८०” काे बिमाेचन गरिएकाे थियाे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहनु भएकाे कार्यक्रममा बरिष्ठ हास्य ब्यङ्गकार कृष्ण मुरारी गाैतम चट्याङ मास्टर, समाजसेवी हरि प्रकाश पुडासैनी बरिष्ठ कलाकार देशभक्त खनाल,मानव अधिकार एलाईन्स भक्तपुरका अध्यक्ष पुरुषाेत्तम श्रेष्ठ मानबिय आस्था नेपालकि महासचिब उत्तरा नेपाल समाजसेवी राजन ढुङ्गेल , साहित्यकार रामेश्वर राउत मातृदास र प्रा डा. राम प्रसाद ज्ञवाली लगायतकाे उपस्थिति रहेकाे थियाे सँस्थाका अध्यक्ष पशुपति दँगालकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा दस हजार पुरस्कार राशी भएकाे “अभियान पुरस्कार २०८०” प्रा डा राम प्रसाद ज्ञवालीलाई प्रदान गरिएकाे थियाे! भने अभियान कलाकार सम्मान २०८०” बाट बरिष्ठ कलाकार देशभक्त खनाल त्यसै गरि यस बर्षकाे “अभियान समाज सेवा सम्मान २०८०” समाजसेवी राजन ढुङ्गेल र “अभियान साहित्य सम्मान २०८०”बाट बाल साहित्यकार रामेश्वर राउत ” मातृदास” सम्मानित हुनु भएकाे थियाे भने  यसबर्षकाे “विशेष याेगदान सम्मान२०८०” बाट रमेश घिमिरे सम्मानित हुनु भयाे !त्यसैगरि  मध्यपुर थिमि नगरपालिका ३ नम्बर वडालाई विशेष कदर पत्र प्रदान गरिएकाे थियाे । अभियान स्मारिका २०८०” काे बिषयमा डा रमेश शुभेच्छुले समीक्षा गर्नु भएकाे थियाे भने युवा साहित्याकार तथा प्रधान सम्पादक घनश्याम गाैतमले स्मारिका प्रकाशन गर्दाका कठिनाई र चुनाैती हरु प्रशस्त भएपनि साहित्यकाे भाेकले लेखक र कलाकार कहिल्यै नथाक्ने र कहिल्यै नअघाउने बताएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य दिदै उपाध्यक्ष खगेन्द प्रसाद गुरागाईले बामे सर्न लागेकाे बच्चालाई उभिन सक्ने बनाउन सँस्थाकाे कार्यक्रमकाे निरन्तरता हुनु पर्ने बताए छ्न् । समापन भाषण गर्ने क्रममा सभापति पशुपति दँगालले सँस्थामा सहयाेग गर्न चाहाने मनकारी साहित्यकार तथा साहित्यप्रेमिहरुलाई अक्षयकाेष राखेर सहयाेग गर्न समेत अपिल गर्नु भयाे । कपाल दारी सेतै फुलेपनि अझै काम गर्ने जाेश जागर छ भन्दै याे सम्मानले आफुलाई जवान बनाएकाे र अझै कलाकारिता निरन्तर गर्ने भन्दै बरिष्ठ कलाकार देश भक्त खनालले आफुलाई सम्मानकाे याेग्य देखेकाेमा आयाेजकलाई धन्यवाद दिनु भयाे ।

त्यसै गरि समाजसेवी राजन ढुङ्गेलले अरुलाई सहयाेग गर्दा आफुलाई आनन्द आउने र आफुले पुर्जिबन प्राप्त गरेकाेले बाकि जीवन सामाजिक कार्यमा बिताउने र सँस्थालाई पनि आफुले सकेकाे सहयाेग गर्ने वचन दिए । बाल साहित्यकार रामेश्वर राउत मातृदासले यस्ता खाले कार्यक्रमले लेखक, कलाकारलाई निकै उर्जा दिन्छ र लेख्न उत्प्रेरणा जगाउछ भन्दै प्रशंसा गरेका थिए । विशेष याेगदान सम्मान बाट सम्मानित  रमेश घिमिरेले सँस्थालई सहयाेग गर्न पाउँदा आफुलाई आनन्द लाग्ने गरेकाे आगामि दिनमा यस्ताखाले सहयाेग निरन्तर
गरिरहने बाचा गर्नु भएको थियो ।

सँस्थाकाे साधारण सभा सम्पन्न

यसै गरि साेहिदिन सँस्थाकाे साधारण सभा सम्पन्न भएकाे छ । साधारण सभाले निर्बिराेध केन्द्रीय समिति चयन गरेकाे छ । अभियान साहित्य कलाकार समाजकाे कार्यकारी समितिमा अध्यक्ष पशुपति दँगाल, उपाध्यक्ष खगेन्द्र प्रसाद गुरागाई, सचिबमा घनश्याम गाैतम काेषाध्यक्षमा युगज्याेति क्रियाशिल सदस्यहरु – दिपेश सेढाई ( सानू घायल ) सुरेश तिमल्सिना गाेबिन्द प्रसाद निराैला  सँरक्षकमा बरिष्ठ हाँस्यब्यङ्ग लेखक डम्बर घिमिरे

कार्यक्रमलाई गायक तथा उद्घाेषक अजय अधिकारीले उद्घाेषण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments