राम र कबिता को ‘कत्ति राम्री छौ मेरी सानी’

काठमाडौं । राम मोहन कार्की र कबिता दुलालको आवाजमा नयाँ लोक दोहोरी गीत ‘कत्ति राम्री छौ मेरी सानी’ बजारमा आएको छ ।

गायक कार्की र गायिका दुलालको शब्द संयोजन रहेको उक्त गीतमा सुफ्फिक्स मदनको संगीत सृजना र संगीत संयोजन रहेका छन् । कृष्ण लामिछाने को मिक्सिङ्ग मास्टिरिङ्ग रहेको यस गीतको रेकर्डिङ मंगलम डिजिटल मा गरिएको हो । उत्पादक वितरक को जिम्मा भने शिवपुरी म्युजिक प्रा.लि. ले लिएको छ ।

उक्त गीतको भिडियोमा प्रवेश थापा र रश्मी थापा देखिएका छन् भने उक्त गीतको भिडियो उमेश कर्की (यु के) ले निर्देशन गरेका हुन भने एडिट कलर रोशन धितालले गरेका हुन । ‘कत्ति राम्री छौ मेरी सानी’ बोलको गीत शिवपुरी म्युजिक युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ ।

भिडियो हेर्नको लागि तल क्लिक गर्नु होस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments