टिपरको ठक्करबाट ४ बर्षीया एन्जिला राना मगरको मृत्यु

उदयपुर । टिपरले ठक्कर दिँदा ४ बर्षीया बालिकाको ज्यान गएको छ । उदयपुरको बेलका नगरपालिका-४ लालबजार स्थितमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको हो ।

हिजो साँझ ५ बजे मदन भन्डारी लोकमार्ग सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश २-०३-००१ ख. ४३०९ नम्बरको टिपरले पैदल यात्री स्थानीय नमराज राना मगरको ४ बर्षीया छोरी एन्जिला राना मगरलाई ठक्कर दिदा मगरको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना स्थलमा प्रहरी टोली खटि गई घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
100 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments