खाद्य डिपोमा चामल अभाव

मुगु, जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा एक हजार पाँच सय मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् ।   
   
“गमगढीस्थित खाद्यव्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्र्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेबित्तिकै स्थानीयले चामल लैजान्छन् । गोदाममा चामल जगेडा रहँदैन, गमगढीबाट आउनेबित्तिकै बिक्री भइहाल्छ”, डिपोका कार्यालय सहायक सिंह रोकायाले भन्नुभयो ।   
   
दिनमा ५० देखि एक सय क्विन्टल बिक्री हुँदा गमगढीबाट ढुवानी भएको चामल उपभोक्तालाई पुर्‍याउँनै धौधौ हुने गरेको उहाँको भनाइ छ । “डिपोमा दुई बोरा चामल लिन आएका स्थानीयले एक बोरासमेत नपाउने अवस्था छ”, रोकायाले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारका घरमा कार्तिके अन्नबाली चैत, वैशाखमा नै सकिने र गहुँ, जौलगायत बाली नपाक्दासम्म खाने अन्न नभएपछि खाद्यमा चामल किन्न धाउने गरेको उहाँले बताउनुभयो ।   
   
सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुष्कर भामले बताउनुभयो । आउँदो आर्थिक वर्षदेखि कोटा वृद्धिको माग गरेको उहाँको भनाइ थियो । “अन्न अभावका कारण भिई, नार्थपु, जिमा, सिप, फोतु, नेरलगायत बस्तीका स्थानीय हिजोआज चामल लिन सोरुकोट डिपो पुग्छन्”, भामले भन्नुभयो । उहाँका अनुसार सोरुका केही बस्तीमा गत असोज १९ देखि २३ मा आएको बाढीपहिरोले अन्नबाली नष्ट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments