चर्चित सर्जक रमेश परियारको शब्द, संगीतमा “सेतो कुर्ता लाएर रुझेको” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकार/सर्जकहरुले नयाँ-नयाँ गीतहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा नयाँ गीत सेतो कुर्ता लाएर रुझेको सार्वजनिक भएको छ । यस गीतमा शान्ती श्री परियार र बिष्णु पाण्डेको सुमधुर स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको शब्द, संगीत रहेको छ । सार्वजनिक भएको गीतको रेकर्ड वन डिबी एच डि (1DB HD) रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई सुनिल परियार को संगीत संयोजन र एच बि एन किस्मत ले मिक्सिङ्ग गरेका हुन् ।

चर्चित/ लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको कोरियोग्राफर र निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ भने गीतको भिडियोमा निक्स शर्मा र लोशिना लामिछाने लगायत अन्यको दमदार अभिनय देख्न सकीन्छ ।
“सेतो कुर्ता लाएर रुझेको” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतका सर्जक परियारले जनाएका छन् । उक्त गीत रमेश परियारको अफिसियल यूट्यूब च्यानलमा गएर हेर्न सकिन्छ ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments