“राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री बितरण गर्ने ब्यक्तीहरु पक्राउ”

रुपन्देही । अम्बिका ट्रेडर्स संचालक नविन पन्थी र मुफतार भन्ने व्यक्तिले रुपन्देही जिल्ला अन्तर्गत राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री बितरण गरेको भन्ने गोप्य सुचना आधारमा उक्त नक्कली स्टिकर बनाउँने व्यक्तिहरु र स्टिकर खोजतलास गर्दै जाने क्रममा मिति २०८०/०२/०९ गते अं. २१:४५ बजेको समयमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ बस्ने बर्ष २८ को नविन पन्थी र ऐ.ऐ. वस्ने बर्ष ३१ को मुक्तार पठानलाई जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने गरेको, स्टिकर तथा रक्सी फिरोज खानको घरमा डेरा कोठा लिई राखेको भनि बताएकोले मिति २०८०/०२/१० गते अं. १०:०० बजेको समयमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.३ स्थित निजहरु डेरा कोठा लिई बस्ने डेरा कोठा खानतलासी गर्दा निम्नानुसारको सामान फेला परेको हुंदा उक्त बरामद समान र मानिसहरुलाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय भैरहवा रुपन्देहीमा पठाईएको छ ।
निम्न सामान यस् प्रकार छन् :-
१. आन्तरिक राजश्व विभाग लेखेको स्टिकर- ५९३ पिस
२. सिग्नेचरको खाली बोतल- ४८ पिस
३. वल्ड दरवार लेखेको खाली बोतल-१६ पिस
४. वल्ड दरवार लेखेको खाली बोतल-१६ पिस
५. गोल्डेन वाक लेखेको खाली बोतल-९ पिस
६. सिगनेचर १८० एम.एल. को -१२ पिस
७. सिग्नेचर ३७५ एम.एल. को बोतल- २ पिस
८. गोल्डेन वक १८० एम.एल. को बोतल- ४ पिस
९. वल्ड दरबार रेगुलर १८० एम.एल. को बोतल- ३ पिस
१०. वल्ड दरबार रेगुलर ३७५ एम.एल. को बोतल- १ पिस
११. १८० एम.एल. को 8884 को बोतल- ४१ पिस
१२. जारको भाडामा रहेको रक्सी जस्तो तरल पदार्थ अं. १ लिटर