दिनेश श्रेष्ठ र शारदा रसाइलीको “चरी आकाशैमा” (भिडियो सहित)

काठमाडौं । स्थायी घर नुवाकोट भएका र हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको शब्दमा फेरी पनि अर्को गीत सार्बजनिक भएको छ। उक्त गीत संगीताश्रम नेपालको प्रस्तुतिमा “चरी आकाशैमा” बोलको रहेको छ ।

दिनेश श्रेष्ठ र शारदा रसाइली को सुमधुर स्वरमा रहेको उक्त गीतमा गायक श्रेष्ठ को शब्द छ भने लय,थेगो,एरेन्ज,मिक्सिङ नारायण दंगाल को रहेको छ । म्युजिक प्लस स्टुडियोमा रेकर्ड भएको यस गीतलाई संगीताश्रम नेपाल नामक युट्युब च्यानल मार्फत बजार सार्वजनिक गरिएको छ ।

“चरी आकाशैमा” गीतको भिडियोमा जिवन कार्की ,युनिषा रेग्मी ,सुमन कालीकोटे ,निरुता खनाल र सुनिता गिरी को आकार्शक तथा धमकेदार म्युजिक भिडियो अभिनय देख्न सकिन्छ भने उक्त गीतको भिडियो उमेश कर्की (यु के) ले निर्देशन गरेका हुन भने सम्पादन रोशन धितालले गरेका हुन् ।

गायक तथा सर्जक दिनेश अहिले रोजगारीको शिलसिलामा प्रबासमा रहेका छन् । बिरानो देशमा पुग्दा पनि दिनेशले आफ्नै कला संस्कृति र मौलिकतालाई कहिले भुल्न सकेनन् । फलस्वरूप यस गीत भन्दा पहिले पनि उनले थुप्रै गीत सङ्गीतहरु बजारमा ल्याइसकेका छन् । गायक तथा सर्जक श्रेष्ठ ले यस भन्दा पहिलेका गीत संगीतलाई जसरी मन पराईदिनु भयो उसै गरेर नै यस गीतलाई पनि आशिर्बाद प्रदान गरि दिनुहुन सबैमा अनुरोध गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments