निरोज भट्टको शब्दमा कुशल र पूर्णकलाको “तप्प आँशु खस्यो” बजारमा

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकाररसर्जकहरुले नयाँ नयाँ गीतहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गितकार निरोज भट्टको प्रस्तुतिमा भट्टको नयाँ गीत “तप्प आँशु खस्यो” डिजिटल बजारमा रिलिज भएको छ ।

यस गीतमा गायक कुशल बेल्बासे र गायिका पूर्णकला बिसी को आवाज रहेको छ । सार्वजनिक भएको गीत निरोज भट्टको शब्दमा र अनिश दवाडि को संगीत रहेको छ भने पवन परियारले संगीत संयोजन गरेका हुन् । गीतको म्युजिक भिडिओमा गायक सुमन परियार, रोशनी कार्कि ,निरोज भट्ट ,उज्ज्वल लामिछाने र बिकाश गुरुङको अभिनय छ भने जसमा स्मृति तिमिल्सिना ‘गुरूआमा’को कथावस्तु एवम् निर्देशन रहेको छ ।

गितकार भट्ट सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यवसयी संगै समाजसेवी पनि हुन् । “तप्प आँशु खस्यो” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतका गितकार भट्ट ले जनाएका छन् । उक्त गीत निरोज भट्टको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments