लोकप्रिय गायक प्रकाश र रचनाको आवाजमा नयाँ गीत ‘राम्दी तरेर’ बजारमा सार्बजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकार र सर्जकहरुले नयाँ नयाँ गीतहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा लोकप्रिय गायक प्रकाश पराजुली र गायिका रचना रिमालको सुमधुर स्वर रहेको नयाँ गीत ‘राम्दी तरेर’ बजारमा सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा शब्द संगीत गायक पराजुलीकै रहेको छ ।‘राम्दी तरेर’ गीतको रेकर्ड वन डिबी एच डि (1DB HD) रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई विस्वास नेपालको एरेन्ज र एच बि एन किस्मतले मिक्सिङ्ग/मास्टरिङ गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा शिशिर पौडेल,यशु भट्टराई,प्रकाश पराजुली र सुमित्रा कंडेलको अभिनय गरेको देख्न सकिन्छ । गीतलाई जेरि भण्डारीको कथावस्तु एवम् निर्देशन गरेका छन् भने करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ ।

गीतको भिडियो प्रकाश पराजुली नामक अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।
गायक पराजुलीका यसअघि तारा खसेको, मन्जरी, कहाँ हिडेउ बैनी,खै त हाँसेको,एक्लो चौतारी,सरर भागौंला,जोबन भारी,मनले खाएको,बाङ्गो मुरली,बसाई सरेर, चाम्रै सुपारी चाम्रै,दिल बस्यो मिठो बोलीमा,हुन्न र अरे साइँली लगायतका दर्जन बढी गीत संगीतहरु बजारमा ल्याइसकेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
100 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments