टंक चौलागाईंको नेतृत्वमा प्रज्ञा कुञ्जमा नाटक सप्ताह जेठ २९ देखि जेठ ३२ सम्म हुँदै

काठमाडौं । नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको नेतृत्वमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा विगत १२ वर्षदेखि `नाट्य शिक्षा’ विषयगत रुपमा पठनपाठन भइरहेको छ । पठनपाठन मात्रै नभएर सम्पूर्ण विद्यार्थीहरुले थिएटरमा नाटक मञ्चन गर्दै आइरहेका छन् । हरेक वर्ष विभिन्न थिएटर र कहिले आफ्नै विद्यालयमा ‘मोबाइल थिएटर’ स्थापना गरेर नाटक सप्ताह मनाउँदै आइरहेको छ ।

यो वर्ष कक्षा पाँचदेखि दशसम्मका विद्यार्थीहरुले करिब एघार वटा नाटक मञ्चन गर्दैछन् । यी सबै नाटकहरु रङ्गकर्मी टंक चौलागाईंको लेखन तथा निर्देशन र सुरज मल्ल, सुरज तमु, मन्जु गिरीको सह-निर्देशनमा तयार भएका हुन् ।

प्रज्ञा कुञ्जले हरेक वर्ष एकल बाल नाटक महोत्सव आयोजना गर्दै आइरहेको छ । यो वर्ष पनि यो महोत्सवलाई निरन्तरता दिएकाे छ । त्यसैगरी हरेक वर्ष विद्यालयका विद्यार्थीहरु नाट्य महोत्सवमा भाग लिन विभिन्न देशमा गइरहेका छन् । नाट्य निर्देशक सहित यो वर्ष १५ जना विद्यार्थी र एकजना शिक्षक फ्रान्समा सहभागी भएका छन् । उक्त विद्यालयका विद्यार्थीहरु पोल्यान्ड, बेलारुस, बंगलादेश, अष्ट्रेलियामा नाट्य उत्सवमा सहभागी भइसकेका छन् ।

‘हाम्रो थिएटर टिम राम्रो छ । नाट्य विधालाई हामीले प्राथमिकताका साथ स्थान दिएका छौं । यसले भाषाको साथै विद्यार्थीहरुको सर्वाङगिन विकासमा मद्दत पुर्याएको छ ।’ विद्यालयकी प्रधानअध्यापक सुनिता पौडेल भन्नु हुन्छ ।

साे नाटक सप्ताह जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म स्टुडियो थिएटर पिङ्गलास्थानमा मञ्चन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
100 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments