द भेलेसिटी स्कुलद्वारा विभिन्न कलाकारहरु सम्मानित

काठमाडौं । द भेलोसिटी स्कुलले राष्ट्रिय कलाकर्मी सम्मान अभियान अन्तर्गत विभिन्न कलाकारहरुलाई सम्मान गरेको छ । सोमबार काठमाडौंको मुलपानीस्थित भेलोसिटी स्कुलमा आयोजित कार्यक्रममा कलाकारहरू रामचन्द्र अधिकारी, मुकन्द मैनाली, उत्तम केसी, रामबाबु रेग्मी लगायतका कलाकारहरुलाई सम्मान गरेको हो ।

कलाकार देशका गहना हुन् र कलाकारकाे सम्मान गर्नु हामी सबैको कर्तब्य हाे ! बिद्यालय बिद्याकाे ज्ञान काे मन्दिर हाे, बिद्यालयमा कलाकारकाे सम्मान गर्ने संस्कार बसाउने उदेश्यका साथ द भेलाेसिटि स्कुलले हरेक महिनाको १५ गते कलाकारहरुकाे सम्मान गर्दै आएको छ ।

यस अघि जेठ र असार महिनामा कलाकारहरु लक्ष्मण बस्नेत , कृष्णभक्त महर्जन, मन्जु श्रेष्ठ र  लक्ष्मीनाथ तिमल्सिनालाई सम्मान गरिएको थियो ।

द भेलेसिटी स्कुलले हरेक महिना – महिनामा आ – आफ्नो क्षेत्रमा योग्दान दिनु भएको अग्रज कलाकारलाई सम्मान गर्ने निर्णय गरेको यस स्कुलको नाटक शिक्षक सुरेन्द्र क्षेत्रीले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
100 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments