संगीत उद्योगको  विकासमा सरकारले सहयोग गर्छः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ ।

काठमाडौंमा आईतवार आयोजित निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा पर्यटन मन्त्री किराँतीले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनसक्ने भन्दै सरकारले संगीत उद्योगको विकासका लागि आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालको पर्यटनलाई प्रकृति र संस्कृतीसँग छुट्याएर राख्न नसकिने बताउनु भयो । मन्त्री किराँतीले विश्वबजारमा नेपाली मौलीक संगीतलाई चिनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ गीत संगीतमा सीमाना हुँदो रहेनछ । तर, सीमाना पृथ्वीमा छ । सीमाना मान्छेमा छ, यो कसले लगायो ? यी सबै ठूलाठालुहरुले लगाए । पृथ्वीमा पहिले माटोपनि साझा नै थियो । यहाँको हावापनि साझानै थियो । यहाँको घामा साझा थियो । तर, मान्छेमा सीमामा लाग्दै गयो । श्रष्टाहरु समाजको अगुवा हो । श्रष्टाहरुलाई समाजको अग्रदस्ता हुन् । अग्रदस्ताले सृजनाबाट समाजको अवस्था झल्क्याउँछन् । कार्लमाक्र्सले भनेका थिए, सृजना र अभिव्यक्तिले व्याख्यामात्रै होइन, बदल्छन् पनि । श्रष्टाहरुले समाज परिवर्तनदेखि ठूलाठूला योगदान गर्छन् । संगीत र सांस्कृतिक क्षेत्रबाट कतीपयदेशमा आर्थिक योगदान गरेको उदाहरण पनि छन् । नेपालमा पनि संगीत उद्योगबाट महत्वपूर्ण टेवा दिन्छ, सरकारले यो बाटोमा पाइला चाल्नुपर्नेछ । अगाडी बढ्नुपर्नेछ तर, अहिलेसम्म अगाडी बढेन ।  मौलिक गितसंगीतको क्षेत्रमा घोत्लिएर योगदान गर्नुपर्छ । नेपाली मौलिक संगीतलाई चिनाउन सकेका छैनौं । नेपाली मौलिक गीत संगीतलाई समाजमा नै चिनाउन सकिरहेका छैनौं । हामीले समाजलाई मात्र होइन, विश्ववजारसँग जोड्नुपर्छ । नेपाली मौलिक गीत संगीतलाई संसारको बजारमा प्रतिष्पर्धा गराउनुपर्छ । हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङले सजिएको छ ।’

कार्यक्रममा कलाकारहरुले कलाकर्मीहरुलाई हौसलाको आवश्यक पर्ने भन्दै सरकारसँग हौसला प्रदान गर्ने काम गर्न आग्रह गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?