नुवाकोट घर भइ जरङ्खु बस्ने २४ वर्षीया सुमित्रा ढुङ्गानाको कोठामा गाँजा बिक्री हुँदै गर्दा ८ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध गाँजा सहित आठ जना पक्राउ परेका छन् । काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएकी २४ वर्षीया सुमित्रा ढुङ्गानाको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यश घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
67 %
Sad
दुःख
33 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments