युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।

 

फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो ।  युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।

 

नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६३ रन जोडेर नटआउट रहे । कप्तान रोहित पौडेल पनि २१ बलमा ३५ रन जोडेर नटआउट रहे ।

यसअघि मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?