मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले १२ कात्तिकबाट गर्ने फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेका सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

सिंहदरबारमा शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसिर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments