खसी भन्दै बाख्राको मासु बेच्दा प्रहरी फन्दामा

जनकपुरधाम । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्ने एक व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरस्थित साहिल फ्रेस हाउँसका सञ्चालक गुल्जार महम्मद पक्राउ परेका हुन्। उनको पसलबाट खसीको २१ किलो र बाख्राको ८ किलो मासु समेत बरामद गरिएको छ।

बाख्राको मासु बेचिरहेको गुनासोपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनको पसल अनुगमन गरेको थियो। सो क्रममा बाख्राको मासु भेटिएपछि प्रहरीले गुल्जारलाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाएको छ।

पसलको अगाडि खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको बाख्रालाई खसीको अण्डकोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसँगै बिक्री गर्नको लागि राखेको अवस्थामा मासु भेटिएको प्रहरीले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?