जसपाले समानुपातिक सांसदमा बाँकेकी हसिना खानलाई सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ ।

जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाएको हो ।

०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ शहनाज रहमान निर्वाचित भएकी थिइन् । उनको ०७९ फागुन १३ गते निधन भएपछि जसपाले बन्द सूचीका आधारमा मञ्जु लाई पठाएको थियो । तर मञ्जुको पनि गत चैत ४ गते निधन भएपछि एक स्थान खाली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments