नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल

काठमाडौँ । जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच छलफल भएको छ ।

मंगलबार बस्ने दुवै सदनको संयुक्त बैठकमा अपराहन्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को अवरोध कायम गर्ने अडान कायम राखेका कारण मंगलबारको बैठक अन्योलमा परेको छ ।

कांग्रेसको आज बसेको पदाधिकारी बैठकले संसदीय समितिको गठन आफुहरुको बटमलाइन भएको निर्णय गरेको छ र प्रधानमन्त्रीलाई आजसम्म संसदीय समिति गठनको अल्टिमेटम समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments