भारतमा चौथो चरणको मतदान आज

काठमाडौँ । भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । आज हुने मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा नेता शत्रुघ्न सिन्हासहित कुल १७१७ उम्मेदवार मैदानमा रहेका छन् ।

यस चरणमा, कुल १७.७० करोड मतदाताहरूले १९ लाख भन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्दैछन्, जसमध्ये ८.९७ करोड मतदाता पुरुष र ८.७३ करोड महिला मतदाता छन्।

निर्वाचन हुने राज्यमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू र कश्मीर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments