प्लास्टिक घर खेति पद्दति

बोटबिरुवाको सामान्य बिकास प्रक्रियाको लागि आवश्यक बाताबरणलाइ प्रतिकुल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकुल बनाई उनीहरुको बिकास र उत्पादन बृद्दी गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर खेति पद्दति हो ।

नेपालमा प्लास्टिक घर भित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको अगुवाइमा विश २०४२ सालतिर भएको हो। बिगत ७-८ बर्षबाट नेपालका अधिकांश मध्य पहाडी जिल्लाहरुमा किसानहरुले सूर्यको परावैजनी किरण खप्न सक्ने सिल्पाउलिन प्लास्टिकको प्रयोग गरि बेमौसमी तरकारी खेति गर्न थालेका छन्।

प्लास्टिक घर किन ?

बेमौसमी तरकारी उत्पादन गर्न र बजारमा बेमौसमी तरकारीको उच्च माग ।

चिसो मौसममा पनि बिरुवालाई अनुकुल बाताबरण सिर्जना गर्न ।

विषादीको प्रयोग कम गरि उत्पादन लिन ।

झार तथा किटहरुको प्रकोप कम गर्न ।

सिंचाईको उचित ब्यबस्थापन ।

जग्गा तथा प्लास्टिक छनोट :

सामान्यतया समुद्री सतहदेखि ५०० देखि १७०० मिटरको उचाई , प्रशस्त सूर्यको प्रकाश पर्ने तथा जोडले हावा नचल्ने क्षेत्र प्लास्टिक घर भित्र तरकारी खेति गर्न राम्रो मानिन्छ । भिरालो र बर्षामा भेल पस्ने तथा पानि जम्ने ठाउमा प्लास्टिक घर बनाउनु हुदैन।

प्लास्टिक छनोट गर्दा भने उचित प्रकाश छिर्ने ९० देखि १२० जीएसएम सम्मको प्लास्टिक प्रयोग गर्न सकिन्छ। धेरै बाक्लो प्लास्टिक प्रयोग गर्दा प्लास्टिक घरभित्र प्रकाश कम पर्ने हुन्छ जुन उपयुक्त मानिदैन।

माटोको निर्मलीकरण :

माटोमा रहेका विभिन्न हानिकारक जीवाणु तथा कीटहरु नष्ट गर्ने प्रक्रियानै माटोको निर्मलीकरण हो। सूर्यको प्रकाश, ताप, रसायन (जस्तै फर्मालिन) तथा सयपत्री, तोरी लगायतका बिरुवाको प्रयोग (बायोफ्युमिगेसन) गरि माटो निर्मलीकरण गर्न सकिन्छ। सामान्यतया प्लास्टिक घर बनाउने जमिनमा कम्पोस्ट मल राखी राम्रो संग जोतेर सिंचाई गरि सफा पारदर्शी प्लास्टिकले चर्को घाम लाग्ने स्थानमा करिब ३५ देखि ४५ दिन ढाक्नुपर्छ।

प्लास्टिक घर :

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ। सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ। प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ। प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ।

प्लास्टिक घरभित्र खेति गरिने मुख्य तरकारीहरू :

प्लास्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ। बिशेषत बेमौसममा बढी मूल्य जाने तरकारी बालीहरु प्लास्टिक घरमा लगाउने गरिन्छ। सामान्यता गोलभेडा, काक्रो, खुर्सानी, सिमि, भन्टा, सागपात, भिंडी, काउली, बन्दा, फर्सि, लौका, करेला तथा केराउ लगायतका तरकारीहरू प्लास्टिक घरमुनि लगाउने चलन बढ्दो छ।

विज्ञको सहयोगमा….

लेखक

Barahi Online

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?